काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० रहेको छ।
गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीले लाभांश घटाएको हो ।
अघिल्लो वर्ष भने कम्पनीले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो।
त्यसभन्दा अघिका तीन वर्ष कम्पनीले लगातार १०० प्रतिशत माथि लाभांश वितरण गरेको थियो। कम्पनीको लाभांश दर निरन्तर रूपैयाँ घट्दै आइरहेको छ।

