२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • त्रिविमा मैले हस्तक्षेप गरेको छैन :...

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री

बिहिवार, मंसिर २७ २०८१०४:२९
बिहिवार, मंसिर २७ २०८१०४:२९
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज(बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। 

    उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी रूपमा सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने पनि बताए। ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन, अलिकति शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ,तर हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, हामी सबैले सानो कुरामा नअल्झिनु हुँदैन,प्रभावकारी ढंगले सुदृढ गर्नुपर्छ,मर्यादासहित उपयुक्त,सकारात्मक ढंगले चल्नुपर्छ।’

    उनले विश्वविद्यालय यो देशको शिक्षाको लागि चाहिएको बताए। ‘शिक्षालाई विकास गर्न,गुणस्तरीय बनाउन, शिक्षा सबैको पहुँचभित्र बन्न सकोस् र सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विश्वविद्यालय खोलिएकाे हो,सञ्चालन भएको हो,’उनले भने।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend