२०८३, आश्विन १९ गते

images
  • समाचार
  • क्यानले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी...

क्यानले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

क्यानले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

बिहिवार, पौष १८ २०८१११:२१
बिहिवार, पौष १८ २०८१११:२१
  • images

    काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै स्थायी पदपूर्ति भएमा स्वत हट्ने गरी प्राविधिक तर्फ १७ जना कर्मचारीहरु माग गरेको हो । 

    ‘नेपाल नागरिक उडड्यन प्राधिकरण, कर्मचरीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०६५ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्त गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ’, प्राविधिकरण जारी गरेको सूचनामा भनिएको छ । 

    यस्तै, सूचना अनुसार क्यानले माग गरेको १७ जना प्राविधिकका लागि दरखास्त दस्तुर ६ सय रुपैयाँ लाग्नेछ । 

    मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई वा सो सरह उत्तीर्ण गरी नागरिक उडड्यनसँग सम्बन्धित संस्थाबाट उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्नेछ । 

    इच्छुक व्यक्तिले प्राधिकरणको वेवसाइटमा रहेको अनलाइन जव एप्लीकेसन प्रणालीमा आफूले चाहेको विज्ञापन छनोट गरी अनलाइन एप्लाइ गर्नुपर्ने सूचनामा उल्लेख छ । 

    caan notice.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend