२०८३, आश्विन २० गते

images
  • समाचार
  • शीतलहरको जोखिमः बाटोमा चिप्लीयो ट्रक, तीन...

शीतलहरको जोखिमः बाटोमा चिप्लीयो ट्रक, तीन गाडीलाई ठक्कर

शीतलहरको जोखिमः बाटोमा चिप्लीयो ट्रक, तीन गाडीलाई ठक्कर

बिहिवार, पौष २५ २०८१०८:३७
बिहिवार, पौष २५ २०८१०८:३७
  • images

    काठमाडौँ । शीतलहरले बाटो चिप्लो हुँदा नवलपरासी पश्चिमस्थित पूर्व(पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दिएको छ। 

    पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्ने सडक खण्डमा नारायणढबाट भैरहवातर्फ गैरहेको लु २ ख ५९८२ नम्बरको ट्रकले विपरीत र सोही दिशामा गुडिरहेका तीन सवारीसाधनलाई ठक्कर दिएको हो। 

    ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको छ। यद्यपि अहिले भने ठक्कर खाएका सवारीलाई पन्छाएर सडक एकतर्फी खुलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए।

    शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको छ। मंगलबार राति दुवैतर्फ सडक अवरुद्ध भएकोमा बुधबार बिहान ३ बजेदेखि एकतर्फी खुलाइएको थियो । दुर्घटना हुने जोखिम बढेपछि पुनः राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएकोमा दिउँसो खुलाइएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend