काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका २४ क्याम्पसमा प्रमुख नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकबाट क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।
गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।
कुन क्याम्पसमा को बने क्याम्पस प्रमुख ?
शंकरदेव क्याम्पस, काठमाडौं- सहप्राध्यापक कपिल खनाल
नेपाल कमर्स क्याम्पस- सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय
ललितकला क्याम्पस- उपप्राध्यापक यामप्रसाद शर्मा
भैरवहा क्याम्पस- लक्कीप्रसाद जोशी
सानो ठिमी क्याम्पस- उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज- सहप्राध्यापक लालमणि आचार्य
सुर्खेत बहुमुखी क्याम्पस- सहप्राध्यापक माधवप्रसाद खनाल
विश्वभाषा क्याम्पस, काठमाडौं- उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी
पाटन संयुक्त क्याम्पस- सहप्राध्यापक रघुवीर विष्ट
बुटवल बहुमुखी क्याम्पस- उपप्राध्यापक अरुणकुमार क्षेत्री
रामस्वरुप रामसागर क्याम्पस, जनकपुर- प्राध्यापक वसन्तकुमार कर्ण
भोजपुर बहुमुखी क्याम्पस- सहप्राध्यापक पर्वतकुमार राई
पृथ्वीनारायण क्याम्पस, पोखरा- प्राध्यापक हरिप्रसाद पाठक
रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौं- सहप्राध्यापक पदमकुमार अधिकारी
सूर्यनारायण सत्यनारायण क्याम्पस, सिरहा- सहप्राध्यापक राजेश्वरप्रसाद यादव
डोटी बहुमुखी क्याम्पस- सहप्राध्यापक दिलानन्द जोशी
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा- उपप्राध्यापक टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस- उपप्राध्यापक प्रकाशचन्द्र खत्री
वनविज्ञान अध्ययन संस्थान, पोखरा- सहप्राध्यापक नारायणप्रसाद गौतम
कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस- उपप्राध्यापक रामकुमार श्रेष्ठ
पक्लिहवा क्याम्पस- सहप्राध्यापक जन्मजय गैरे
मेची बहुमुखी क्याम्पस, झापा- सहप्राध्यापक देवीप्रसाद आचार्य
केन्द्रीय प्रविधि क्याम्पस, धरान- प्राध्यापक वसन्तकुमार राई
धौलागिरि बहुमुखी क्याम्पस, बागलुङ- सुदर्शन सिलवाल

