काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले एयरबस कम्पनीको हेलिकप्टरमा प्रतिबन्ध लगाएको छ ।
क्यानले युरोपियन कम्पनी एयरबसको हेलिकोप्टर आयातका लागि अनुमति नदिने निर्णय गरेको हो । नेपालमा हाल सञ्चालित अधिकांश हेलिकोप्टर कम्पनीले एयरबसकै हेलिकोप्टर उडाइरहेको अवस्थामा क्यानले थप सोही कम्पनीका हेलिकोप्टर आयातका लागि प्रतिबन्ध लगाएको हो ।
पछिल्लो समय १२ वटा हेलिकोप्टर कम्पनीमा अधिकांशले एयरबसकै उत्पादन रहेको छ ।
विगत १० वर्षदेखि युरोपियन युनियन(ईयु) ले नेपाली आकाशलाई कालोसूचीमा राखिरहेको अवस्थामा प्राधिकरणले त्यसको विरोधमा एयरबसका हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाएको हो ।
प्राधिकरण श्रोतका अनुसार हालसम्म नेपालमा भएका हेलिकोप्टर दुर्घटनामध्ये सबैभन्दा बढी एयरबस कम्पनीको रहेको पाइएकाले तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएको हो ।
हालसम्म भएका दुर्घटनाको अध्ययन गर्दा एयरबसका उत्पादक सुरक्षित नदेखिएकाले अन्य कम्पनीहरूको उत्पादनलाई पनि आयातमा प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ ।
युरोपियन कम्पनीका जहाज धेरै दुर्घटना हुने उल्टै नेपाललाई कालोसूची थोपरिरहने भएपछि प्राधिकरणले युरोपियन उड्डयन व्यवसायलाई रोक लगाउने निर्णय गरेको हो ।

