२०८३, आश्विन २१ गते

images
  • समाचार
  • खराब मौसमले हवाई उडान प्रभावित,पोखरा र...

खराब मौसमले हवाई उडान प्रभावित,पोखरा र भैरहवामा हुन सकेन उडान

खराब मौसमले हवाई उडान प्रभावित,पोखरा र भैरहवामा हुन सकेन उडान

शुक्रवार, फाल्गुण १६ २०८१११:१७
शुक्रवार, फाल्गुण १६ २०८१११:१७
  • images

    काठमाडौँ । शुक्रबार बिहैनैदेखि मौसम खराब हुँदा आन्तरिक उडान तथा अवतरण प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटि कम हुँदा उक्त समस्या भएको हो । 

    काठमाडौं विमानस्थलको न्यून भिजिलिटिका कारण बाहिरि जिल्लामा जाने उडान प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।

    आन्तरिक टर्मिनलले दिएको जानकारी अनुसार विहान ११ बजेसम्म १६ सय मिटर मात्रै भिजिबिलिटी काठमाडौं विमानस्थलको छ । उक्त भिजिलिटिका कारण उडान हुन नसक्दा काठमाडौंबाट पोखरा, भरतपुर र तुम्लिङटारको उडान हुन सकेको छैन् ।

    पोखरा र भरतपुरको उडान अझै वेटिङमा छ भने तुम्लिङटारको उडान रद्द भइसकेको बुध्द एयरले जानकारी दिएको छ । काठमाडौंबाट संखुवासभावको तुम्लिङटारमा दैनिक एउटा उडान रहेको यो वायुसेवाले न्यून भिजिबिलिटीका कारण उडान हुन नसकेको भन्दै रद्द गरिसकेको छ ।

    यस अघि दुई साता भन्दा लामो समय उडान हुन नसकेको तुम्लिङटारमा १३ फागुनदेखि मात्रै उडान हुन थालेको थियो । यो विमानस्थलमा हुने उडानको लागि पुनः मौसम बिग्रिएपछि उडान रद्द गर्नुपरेको बुध्द एयरले जानकारी दिएको छ । काठमाडौंबाट तुम्लिङटार आन्तरिक वायुसेवामा बुद्ध एयरले मात्रै उडान गर्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend