२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ‘पूर्वविशिष्टले लिएका सुविधालाई कानून बनाएर व्यवस्थित...

‘पूर्वविशिष्टले लिएका सुविधालाई कानून बनाएर व्यवस्थित गर्न लागिएको हो’

‘पूर्वविशिष्टले लिएका सुविधालाई कानून बनाएर व्यवस्थित गर्न लागिएको हो’

सोमवार, चैत्र ४ २०८११२:४४
सोमवार, चैत्र ४ २०८११२:४४
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले आफूखुसी सुविधा दिने प्रवृत्ति अन्त्य गर्न सरकारले पूर्वविशिष्टलाई सुविधा दिने कानून बनाउन लागेको स्पष्ट पारेका छन् । राज्यलाई अनावश्यक दायित्व नहुनेगरी सरकारले कानून तर्जुमा गरिरहेको उनले बताए ।

    सोमवार प्रतिनिधि सभा बैठकमा समय लिएर गृहमन्त्री लेखकले पूर्वविशिष्टको सुविधा बढाउनेभन्दा पनि कानून बनाएर व्यवस्थित गर्न लागिएको बताएका हुन् ।

    ‘राज्यलाई अनावश्यक दायित्व नहोस् र नागरिक स्वीकार्यता र राज्यको सक्षमताबीच सन्तुलन होस् भन्ने कुरामा सरकार सजग छ,’ मन्त्री लेखकले भने ।

    विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णयबाट पूर्वविशिष्टले सुविधा लिइरहेको भए पनि त्यसलाई व्यवस्थित गर्ने कानून अभावमा विधेयक ल्याउन थालिएको उनले बताए ।

    ‘सरकारबाट निर्णय गराएर पूर्वविशिष्टले सुविधा लिइरहेका छन् । पूर्वविशिष्टलाई सुविधा दिने कानून अभावमा यो विधेयकको तर्जुमा गर्न लागिएको हो,’ मन्त्री लेखकले भने, ‘कति सुविधा दिने ? दिने कि नदिने, यो निर्णयकर्ता यो संसद् । जे दिनुपर्छ सदनले देओस्, घटाउने या बढाउने कुरा सदनले गरोस् ।’

    यसअघि जनता आधारभूत आवश्यकताबाट समेत वञ्चित रहेको समयमा सरकारले पूर्वविशिष्टको सुविधा बढाउन लागेको भन्दै संसद्मा विरोध भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend