२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलीत, घेराउ...

स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलीत, घेराउ गरे मुख्यमन्त्री कार्यालय

स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलीत, घेराउ गरे मुख्यमन्त्री कार्यालय

सोमवार, चैत्र ४ २०८१०२:३४
सोमवार, चैत्र ४ २०८१०२:३४
  • images

    काठमाडौँ । स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलीत बनेका छन् । 

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको उक्त ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै कर्मचारीहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन् । 

    कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर सोमबारदेखि आन्दोलन सुरु गरेका हुन् । फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।

    ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।

    प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेको विद्येयकमा रहेको व्यवस्था हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपा निकट विद्यार्थीहरू आन्दोलित भएका बेला कर्मचारीहरू समेत आन्दोलनमा उत्रिका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend