काठमाडौँ । दुधकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले कर्मचारीलाई युरोपियन युनियन र अमेरिकन एजेण्ट भएको आरोप लगाएको पाइएको छ ।
उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत दातृ निकायका कर्मचारीहरुलाई उक्त आरोप लगाएका हुन् । सीईओ गुरुङले एडिवि र विश्व बैंकका वातावरण तथा सामाजिक सुरक्षण हेर्ने पदाधिकारी युरोपियन र अमेरिकन एजेण्ट भएको गम्भीर आरोप लगाएका हुन् ।
यसअघि प्रधानमन्त्री र उर्जामन्त्रीका बिरुद्ध नेपाल विद्युत प्राधिकरण कर्मचारि सेवा शर्त विनियमावली २०७५ को आचरण र अनुशासन बिपरित अमर्यादित र अराजक स्टाट्स राखेपछि उनी विवादमा तानिएका थिए । उर्जा मन्त्रालयले विद्युत प्राधिकणलाई पत्र नै पठाएर गुरुङलाई तत्काल जिम्मेवारीबाट हटाउन निर्देशन दिएको थियो ।
उनै गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर राख्दै कुपात्रको संज्ञा दिएर कालकोठरीमा राख्नुपर्ने धारण दिएका थिए ।
मन्त्रालयले प्राधिकरणमा पठाएको गोप्य पत्र बाहिरिएपछि उल्टै मन्त्री र कुलमानको आलोचना भएको थियो ।
पटक/पटक विवादमा तानिदै आएका उनी गुरुङले फेसबुकमा अर्काे स्टाटस राख्दै सरकार र दातृ निकायबीचको सम्बन्धमा चिसो पार्ने काम गरेको समेत पाइएको हो ।
‘अपर तामाकोशी बनाउन डब्लु बी र एडीबी वा अन्य यस्तै ठुला विदेशी दाताको पछि लागेको भए अहिलेसम्म पनि यो आयोजना निर्माण पुरा गर्न त परै जाओस् सुरु गर्न पनि नदिने रहेछन् । यीनिहरुको युरोपियन र अमेरिकनहरुको दबदवामा रहेको वातावरण युनिट यस्तो बलिया रहेछन् कि एउटा माछा र एउटा रुखलाई अलिकति असर हुने भयो भने पनि आयोजना रोक्ने क्षमता राख्दा रहेछन्’, उनले फेसबुकमा लेखेका छन्, ‘धन्न तामाकोशी बनाउन सञ्चयकोष, टेलिकम, बीमा संस्थान र नागरिक लगानी कोषले ऐतिहासिक साथ दिए र सफल भयो । डब्लुबी र एडीबीको वातावरण युनिटको यस्तै रवैया हुने हो भने अपर अरण र दुधकोशी जलाशय आयोजनाहरुको अझै एक दशक निर्माण सुरु हुँदैन । सबैलाई चेतना भया । किनभने बरु काम नगरौँ तर जनतालाई ढाँट्न हुँदैछ ।’
फेसबुकमा स्टाट्स लेख्दै डिएक्टीभ गर्दै
पछिल्लो समय आयोजना प्रमुख गुरुङले प्राधिकरण र मन्त्रालय विरुद्धका गतिविधि सामाजिक सञ्जालमा राख्दै आएका छन् । उनले आफूलाई मनमा लागेको कुरा अराजक शेैलिमा सामाजिक सञ्जालमा राख्दै फेसबुक डिएक्टीभ गर्दै आएका छन् ।
यसअघि पनि उनले प्रधानमन्त्री केपि ओलि र उर्जामन्त्री दीपक खड्का विरुद्ध स्टाट्स राख्दै फेसबुक डिएक्टीभ गरेका थिए । उसै गरी उनले एडिवि र विश्व बैङ्कका वातावरण हेर्ने कर्मचारीलाई युरोपिएन र अमेरिकन एजेण्टको ट्याग लगाउँदै फेसबुक स्टेटस राखो छन्। हाल भने निज गुरुङको फेसबुक एकाउन्ट डिएक्टिभेट देखिन्छ ।

आयोजनाको बित्तिय व्यबस्थापनमा ढिलाई
पटक पटक विवादमा पर्दै आएका गुरुङ कै कारण आयोजनाको बित्तिय ब्यबस्थापन ढिलाई हुँदै आएको समेत पाइएको छ । उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र नेपालस्थित एडीवीका प्रमुख अर्नव कावस्कीले समेत निज गुरुङको कार्यशैलीबारे एडिविले असन्तुष्टि राखेको श्रोतले बताएको छ ।
आफूलाई जिम्मेवारी दिईएको काम पूरा नगरी सामाजिक सञ्जाल मार्फत अनेक प्रचारवाजी गरेको भन्दै कावस्कीले उनको रवैयाबारे गुनासो गरेका हुन् ।
कामको टाइमलाइन भन्दा पनि आयोजनाका पूर्व सीईओ बसन्तध्वव श्रेष्ठले गरेका सकारात्मक कामलाई समेत गुरुङले उल्टाउने तर्फ बढिध्यान दिदा आयिजाना नै ढिलाई हुन लागेको बताइएको छ ।
दुधकोसी जलाशययुक्त आयोजना दुधकोसी र खोटाङको सिमाना भएर बग्ने दुधकोसी नदिमा २२० मिटर अग्लो बाँध बाँधेर ६७० मेगावाट उत्पादन गर्ने आयोजाना हो ।
एडीवीको ग्राण्ट सहयोगमा अध्ययन र तयारिको कार्य भईरहेको सो आयोजना उचित नेतृत्वको अभावमा ढिलाई हुँदै आएको छ ।
आयोजनाको ढिलाई र उनले कर्मचारी माथि लगाएको आरोपमा विषयमा बुज्नु सीएनएन खबरकर्मीले पटक पटक फोन गर्दा निज गुरुङ सम्पर्कमा आउन चाहेनन् ।

