२०८३, आश्विन २० गते

images
  • समाचार
  • २ महिनादेखि आन्दोलीत शिक्षक, आजदेखि देशभरका...

२ महिनादेखि आन्दोलीत शिक्षक, आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै

२ महिनादेखि आन्दोलीत शिक्षक, आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै

बुधवार, चैत्र २० २०८१०८:०९
बुधवार, चैत्र २० २०८१०८:०९
  • images

    काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागेका हुन् । 

    आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। 

    आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। 

    भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। 

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए। 

    आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए। काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताए । 

    यस्तै, आन्दोलनरत शिक्षकहरूले एसईईको परीक्षा समेत जाँच गर्न नदिने बताएका छन् । परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न आन्दोलनलाई लचिलो बनाएको बताउँदै उनीहरू अब माग पुरा नभएसम्म प्रश्नपत्र जाँचसमेत गर्न नदिने बताएका हुन्।

    शिक्षकहरूले कक्षा १२ को परीक्षासमेत हुन सक्ने सम्भावना नभएको बताएका छन् । उनीहरूले माग पुरा नहुने हो भने कक्षा १२ को परीक्षा समेत सञ्चालन हुन नदिने चेतावनी दिए ।

    सरकारले भने कक्षा १२ को परीक्षा मिति सार्वजनिक गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend