२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बजार अनुगमनमा आक्रामक वाणिज्य विभाग, बनायो...

बजार अनुगमनमा आक्रामक वाणिज्य विभाग, बनायो एमआरपी अनिवार्य

बजार अनुगमनमा आक्रामक वाणिज्य विभाग, बनायो एमआरपी अनिवार्य

बुधवार, चैत्र २० २०८१०६:०१
बुधवार, चैत्र २० २०८१०६:०१
  • images

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

    विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै एउटा फर्मको बिक्री रोक्कासहित सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।

    अनुगमनका क्रममा  स्पार्क अटो केयर प्रालि (काठमाडौँ महानगरपालिका–८) को बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

    यसैगरी गौरङ्ग सारिज प्रालि (काठमाडौँ–३१), सिजी मोटर्स प्रालि (ललितपुर महानगरपालिका–२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि (विराटनगर महानगरपालिका–९), सिजन आइटी (काठमाडौँ–२२), अर्बन गेअर्स (काठमाडौँ–३१), गाभिनो फेशन वेयर (काठमाडौँ–३१) लाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

    विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ । 

    उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायले कानुनी प्रावधान पूर्ण रूपमा पालना गर्नुपर्ने तथा आजदेखि सबै सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए । 

    “जोखेर वा नापेर बिक्री गर्नेबाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका छौँ, जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्रीदेखि ठूला गाडी सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ,” उनले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend