२०८३, आश्विन २० गते

images
  • समाचार
  • आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान,...

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान, महासंघले राख्यो यस्तो शर्त

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान, महासंघले राख्यो यस्तो शर्त

बुधवार, चैत्र २७ २०८११०:३०
बुधवार, चैत्र २७ २०८११०:३०
  • images

    काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारले आह्वान गरेको वार्तामा बस्न सर्त तेर्स्याएको छ।

    शिक्षा मन्त्रालयले बिहीबारका लागि वार्तामा बोलाएपछि महासंघले सर्त राखेको हो । तर आफूहरू विद्यालय शिक्षा ऐन कसरी ल्याउने भन्ने विषयमा छलफल गर्ने भए मात्र वार्ता गर्न तयार रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

    उनले भने, ‘२०८० असोज ५ गतेको सहमतिअनुसार माग पूरा गर्ने विषयमा मात्र छलफल गर्न तयार छौँ। पुनस् के-के माग छन् भन्ने विषयमा मात्र हामी वार्तामा बस्दैनौँ।’

    शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौँमा आन्दोलन गरिरहेको छ।

    विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । 

    यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो । यस क्रममा चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend