२०८३, आश्विन २० गते

images
  • समाचार
  • सरकार र शिक्षक महासंघबीच वार्ता हुँदै,...

सरकार र शिक्षक महासंघबीच वार्ता हुँदै, सफल होला त ?

सरकार र शिक्षक महासंघबीच वार्ता हुँदै, सफल होला त ?

बिहिवार, चैत्र २८ २०८१०२:३०
बिहिवार, चैत्र २८ २०८१०२:३०
  • images

    काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।

    यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।

    आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्‍को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।

    महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ । तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र  प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend