२०८३, आश्विन २० गते

images
  • समाचार
  • १४ दिनदेखि शिक्षक आन्दोलनमाः महासंघले भन्यो,...

१४ दिनदेखि शिक्षक आन्दोलनमाः महासंघले भन्यो, कक्षा १२ को परीक्षामा सहभागी नहुनु

१४ दिनदेखि शिक्षक आन्दोलनमाः महासंघले भन्यो, कक्षा १२ को परीक्षामा सहभागी नहुनु

मंगलवार, बैशाख २ २०८२०७:५०
मंगलवार, बैशाख २ २०८२०७:५०
  • images

    काठमाडौँ । विभिन्न माघ राख्दै देशैभरका शिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् । विगत १४ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका शिक्षकलाई नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नजनाउन अपिल गरेको छ । 

    वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । 

    महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको छ । 

    शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँरनगरपालिकालाई पनि आग्रह गरेको छ । 

    नेपाल शिक्षक महासंघ चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको छ । महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । 

    महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend