२०८३, आश्विन २० गते

images
  • समाचार
  • शिक्षक र विद्यालयका कर्मचारीलाई महासंघले भन्योः...

शिक्षक र विद्यालयका कर्मचारीलाई महासंघले भन्योः आन्दोलनमा अनिवार्य उपस्थित हुनस्

शिक्षक र विद्यालयका कर्मचारीलाई महासंघले भन्योः आन्दोलनमा अनिवार्य उपस्थित हुनस्

आइतवार, बैशाख ७ २०८२०७:१४
आइतवार, बैशाख ७ २०८२०७:१४
  • images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ । 

    महासंघले शिक्षक र विद्यालय कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनेको छ । संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै पक्षसँग महासंघको आग्रह छ । 

    “देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ,” महासंघले भनेको छ, “आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ ।”

    कक्षा १२ को परीक्षामा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले अनुरोध गरेको छ । 

    विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राज्यलाई बाध्य पार्न आन्दोलन जारी रहेको महासंघले प्रष्ट पारेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend