काठमाडौं । २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ। राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक/प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले परीक्षा सञ्चालन गरेपनि शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल नहुने बताए ।
उनीहरूले आन्दोलनकै क्रममा सडकबाटै परीक्षामा सामेल नहुने निर्णय गरेका हुन्।

