२०८३, आश्विन २० गते

images
  • समाचार
  • सरकार र शिक्षकबीचको वार्ता सुरु...

सरकार र शिक्षकबीचको वार्ता सुरु भएन : शिक्षामन्त्री कुरेकोकुर्‍यै

सरकार र शिक्षकबीचको वार्ता सुरु भएन : शिक्षामन्त्री कुरेकोकुर्‍यै

सरकार र शिक्षकबीचको वार्ताको समय नाघ्दा पनि संवाद सुरु हुन सकेन

मंगलवार, बैशाख १६ २०८२०६:३८
मंगलवार, बैशाख १६ २०८२०६:३८
  • images

    काठमाडौं । आन्दोलनतर शिक्षकसँग आज हुने भनिएको वार्ता अझै सुरु हुन सकेको छैन। शिक्षक महासंघसँग सामेबार अबेरसम्म भएको छलफलबाट सहमतिमा पुग्न नसकिएपछि आज दिउँसो ३ बजे वार्ता गर्ने तय भएको थियो।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफूले वार्ताका लागि महासंघका प्रतिनिधिहरुलाई कुरिरहेको बताए। ‘उहाँहरुलाई कुरिरहेको छु, आउनु भएको छैन,’ पन्तले भने।

    आन्दोलतरत शिक्षकहरुले भने आफूहरु अझै छलफलमा रहेको बताएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरु छलफलमै रहेको जानकारी दिए। सोमबार रातीसम्म भएको छलफल सहमतिमा पुग्न सकेको थिएन। हिजाको वार्ताबाट निस्कँदै गर्दा शिक्षामन्त्री पन्तले वार्ता धेरै सकरात्मक भएको र अब टुंग्याउन बाँकी विषय थोरै मात्रै रहेको बताएका थिए। 

    तर, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने अझै धेरै विषय मिल्न बाँकी रहेको उल्लेख  गरेका थिए। विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्नेसहितका माग राखेर शिक्षकहरु २८ दिनदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend