काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बुधबार साँझ ७ बजे सरकारी निकाव बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएसँगै झन्डै १ महिनादेखि जाी शिक्षक आन्दोलन टुंगीने अपेक्षा लिईएको छ ।
मन्त्रीपरिषद्को बैठक बोलाएतापनि बैठकको मुख्य एजेन्डा शिक्षक आन्दोलनलाई समाधान गर्नु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाइरहेको छ। महासंघले आफ्ना मागहरूमध्ये केही मन्त्रिपरिषदबाट र केही संसदबाट सम्बोधन गर्नुपर्ने माग राखेको छ। मन्त्रिपरिषद्बाट टुंगिनुपर्ने मागहरूमा सहमति भएमा परीक्षा सञ्चालनलगायतका शैक्षिक गतिविधिमा सकारात्मक सहयोग गर्ने महासंघले स्पष्ट पारेको छ।
शिक्षा मन्त्रालयले पछिल्ला केही दिनदेखि शिक्षक महासंघसँग वार्ता गर्दै आए पनि ठोस सहमति हुन सकेको छैन।
मन्त्रिपरिषद्को बैठक अघि अहिले शिक्षामन्त्री र शिक्षकका प्रतिनिधिहरु वार्ता जारी रहेको छ ।

