२०८३, आश्विन २० गते

images
  • राजनीति
  • शिक्षक महासंघले स्थगित गर्‍यो आन्दोलनका सबै...

शिक्षक महासंघले स्थगित गर्‍यो आन्दोलनका सबै कार्यक्रम

शिक्षक महासंघले स्थगित गर्‍यो आन्दोलनका सबै कार्यक्रम

बुधवार, बैशाख १७ २०८२१०:१३
बुधवार, बैशाख १७ २०८२१०:१३
  • images

    काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। बुधबार सरकारसँग आफ्ना माग बारे सहमती जुटेपछि महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो। 

    नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा २०८१ माघ २० गतेबाट शिक्षक र कर्मचारी आन्दोलनमा छन्। पछिल्लो समय २०८१ चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गरिरहेका छन्। 

    सरकार र नेपाल शिक्षक महासंघबिच विगतमा भएका सहमति सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गते भित्र प्रतिनिधि सभाबाट पारित गर्न लिखित प्रतिबद्धता व्यक्त भएपछि शिक्षकको आन्दोलन स्थगित भएको हो। 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका संसदीय दलका प्रमुख सचेतकहरुले बुधबार तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

    यस्तै मन्त्रिपरिषदबाट सम्बोधन हुने केही मागहरु समेत निर्णय भई आएकोले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरिएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend