२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वर्षासँगै प्रतिकूल मौसमका कारण हवाई उडान...

वर्षासँगै प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, जजीरा एयर वनारस डाइभर्ट

वर्षासँगै प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, जजीरा एयर वनारस डाइभर्ट

आइतवार, बैशाख २१ २०८२०८:५०
आइतवार, बैशाख २१ २०८२०८:५०
  • images

    काठमाडौँ । आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकामा भैरहेको वर्षासँगै प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने डोमेस्टिक र एउटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । 

    काठमाडौंबाट लुक्लाका लागि तय भएको एउटा उडान ‘डिले’ भएको छ । यसैगरी रुकुमको एउटा उडान पनि डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । 

    कुवेतबाट आएको जजीरा एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको वनारस ‘डाइभर्ट’ गरिएको छ । 

    हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले काठमाडौंमा पनि छिटपुट वर्षा भइरहेको छ । 

    आजको तुलनामा भोलिदेखि पानी पार्ने मौसमी प्रणाली केही कमजोर भए पनि पर्सिसम्म नै सक्रिय रहने अनुमान छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend