२०८३, आश्विन २० गते

images

अमेरिका जान चाहने सबैको सामाजिक सञ्जाल निगरानी र जाँच गरिने

अमेरिका जान चाहने सबैको सामाजिक सञ्जाल निगरानी र जाँच गरिने

नेपालीसहित सबै अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रक्रिया तत्काल रोक्का

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२११:१८
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२११:१८
  • images

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका हाललाई रोकेको छ। साथै अमेरिकी सरकारले अबदेखि त्यहाँ पढ्न जान चाहाने विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधिहरूको निगरानी र जाँच गर्ने पनि जनाएको छ। 

    विद्यार्थी मात्र होइन, अमेरिका जान चाहने जो कोहीको सामाजिक सञ्जाल गतिविधि निगरानी र जाँच गरिने विदेश विभागका प्रवक्ताले टेम्मी ब्रुसले जनाएकी छन्। यही छानबिन गर्न समय र जनशक्ति चाहिने हुनाले अहिलेलाई नयाँ भिसा प्रक्रिया रोकिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। 

    तर पहिले नै भिसाका लागि अन्तर्वार्ता लिइसकेका व्यक्तिहरूलाई यसले असर गर्ने छैन। एसोसिएटेड प्रेसका अनुसार अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एउटा सर्कुलरमार्फत् अमेरिका आउन चाहाने विद्यार्थीले सामाजिक सञ्जालमा के कस्ता कुरा लेखेका छन् वा उनीहरू कस्ता गतिविधिमा संलग्न छन्, त्यसको जाँचबुझसम्बन्धी मार्गदर्शन जारी गर्ने बताएका छन्।

    ‘सामाजिक सञ्जालको अनिवार्य निगरानी र जाँचको विस्तारको तयारीका लागि, मार्गदर्शन जारी नभएसम्म कन्सुलर विभागहरूले विद्यार्थी वा अन्य शैक्षिक आदानप्रदान भिसाका लागि थप नयाँ अन्तर्वार्ता तालिका निर्धारण नगर्नू,’ उक्त सर्कुलरमा लेखिएको छ।

    मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा यस निलम्बनबारे सोधिएको प्रश्नमा, विदेश मन्त्रालयका प्रवक्ता ब्रुसले अमेरिकाले भिसाका लागि आवेदन दिने व्यक्तिहरूको जाँचबुझ गर्न उपलब्ध सबै स्रोतहरूको प्रयोग गर्ने बताइन्।

    ‘विद्यार्थी हुन् वा अन्य कोही, यहाँ आउने व्यक्तिहरूको मूल्यांकन गर्न हामी हरेक सम्भावित उपकरणको प्रयोग जारी राख्नेछौं,’ प्रवक्ताले भनिन्।

    विद्यार्थी मात्र होइन, अमेरिका जान चाहाने जो कोहीको सामाजिक सञ्जाल गतिविधिहरूको निगरानी र  जाँचबुझ गर्न सबै सम्भावित उपकरणहरूको प्रयोग गरिने उनले बताइन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend