२०८३, आश्विन १९ गते

images

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२१०:४९
सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२१०:४९
  • images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन्। ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका हुन्।

    ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

    यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ।

    अमेरिकाले अमेरिकीहरूलाई 'खतरनाक विदेशी तत्त्व'बाट जोगाउन यस्तो प्रतिबन्ध लगाइएको बताएको छ। यो प्रतिबन्ध यही जुन ९, सोमबारदेखि लागु हुने अमेरिकाले जनाएको छ। 

    आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा पनि ट्रम्पले यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend