२०८३, आश्विन १९ गते

images

अनिश्चितकालीन आन्दोलनमा सरकारी कर्मचारी

अनिश्चितकालीन आन्दोलनमा सरकारी कर्मचारी

आइतवार, जेठ २५ २०८२११:११
आइतवार, जेठ २५ २०८२११:११
  • images

    काठमाडौँ । सरकारसँग आफ्ना मागहरू पूरा गराउन दबाब दिन देशभरका सरकारी कर्मचारीहरू आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व कर्मचारी संगठनहरूको संयुक्त गठबन्धनले गरेको हो। 

    कर्मचारीहरूले कार्यस्थलमै कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध सुरु गरेका छन् । उनीहरूका अनुसार लामो समयदेखि उठाइँदै आएका मागहरू प्रति सरकार बेवास्ता गरिरहेको भन्दै अन्ततः आन्दोलनमा उत्रिनु परेको हो ।

    निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

    यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार आजदेखि देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend