२०८३, आश्विन २० गते

images
  • विश्व
  • आप्रवासी प्रदर्शन चर्किएपछि अमेरिकाको लस एन्जलसमा...

आप्रवासी प्रदर्शन चर्किएपछि अमेरिकाको लस एन्जलसमा लगाइयो कर्फ्यु

आप्रवासी प्रदर्शन चर्किएपछि अमेरिकाको लस एन्जलसमा लगाइयो कर्फ्यु

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२१०:३२
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२१०:३२
  • images

    काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियास्थित लस एन्जलस सहरमा आप्रवासी प्रदर्शन चर्किएपछि आंशिक कर्फ्यु लगाइएको छ।लस एन्जलसका मेयर करेन बासले स्थानीय समयअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएकी हुन्। 

    उनले भनेकी छन्, ‘सहरभरि ‘धेरै क्षति’ भएकाले यो आवश्यक भयो।’ लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले पनि अशान्ति र हिंसा बढ्दै गएकाले जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक भएको बताएका छन्। उनले कर्फ्यु तोड्ने जो कोहीलाई पनि पक्राउ गरिने चेतावनी दिएकी छन्। 


    यसैबीच प्रदर्शनका क्रममा शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना गरेर आजसम्म १९७ जनालाई पक्राउ गरिएको जानकारी पनि दिइन्। बासले यस विषयमा छलफल गर्न आफू राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्पर्कमा रहेको बताएकी छन्। उनले ट्रम्पले सीआईबी छापा रोकून् भन्ने अपेक्षा रहेको पनि उल्लेख गरेकी छन्। 

    अमेरिकी अध्यागमन एजेन्सीले लस एन्जलसमा अवैध आप्रवासीविरुद्ध छापा मार्न थालेपछि विरोध सुरु भएको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend