२०८३, आश्विन २० गते

images
  • शिक्षा
  • शिक्षा समितिबाट पारित भयो विद्यालय शिक्षा...

शिक्षा समितिबाट पारित भयो विद्यालय शिक्षा विधेयक

शिक्षा समितिबाट पारित भयो विद्यालय शिक्षा विधेयक

शुक्रवार, आषाढ १३ २०८२०५:०६
शुक्रवार, आषाढ १३ २०८२०५:०६
  • images

    काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको दोस्रो बैठकले विधेयकको प्रतिवेदन पारित गरेको हो ।

    कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा मानेर विधेयकको प्रतिवेदनमा सहमति गरिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

    विधेयकमा बालविकास केन्द्रलाई समायोजन तथा पुनर्वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, निजी विद्यालयलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने गरी विधेयकमा सहमति जुटेको छ ।

    असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्ने शिक्षक महासंघसँग भएको सम्झौताअनुसार समितिले सहमति जुटाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend