२०८३, आश्विन २३ गते

images
  • शिक्षा
  • एसईई परीक्षाको नतिजा सार्वजनिकः ६१.८१ प्रतिशत...

एसईई परीक्षाको नतिजा सार्वजनिकः ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई परीक्षाको नतिजा सार्वजनिकः ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रवार, आषाढ १३ २०८२०८:१७
शुक्रवार, आषाढ १३ २०८२०८:१७
  • images

    काठमाडौं । २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ६१.८१ प्रतिशत विद्यार्थीले माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ११ कक्षा पढ्न नपाउने अर्थात् ’नन–ग्रेडेड’ परीक्षार्थीको संख्या यसपालि ३८ प्रतिशतभन्दा बढी देखिएको छ ।

    २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend