२०८३, आश्विन २३ गते

images

एसईईमा गणितमा सबैभन्दा धेरै विद्यार्थी फेल

एसईईमा गणितमा सबैभन्दा धेरै विद्यार्थी फेल

शुक्रवार, आषाढ १३ २०८२१०:३४
शुक्रवार, आषाढ १३ २०८२१०:३४
  • images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थी गणित विषयमा ननग्रेडेड (एनजी) अर्थात फेल भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा गणित विषय सबैभन्दा कमजोर देखिएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार गणितमा मात्रै १ लाख २८ हजार २१५ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

    पत्रकार सम्मेलनमार्फत डा. शर्माले समग्र नतिजामा सुधार आएको बताए पनि गणित विषयमा आएको खराब नतिजा दुःखद भएको बताएका छन्। गणितपछि दोस्रो धेरै विद्यार्थी फेल हुने विषय अंग्रेजी हो। अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिक शिक्षामा ५३ हजार १८६ जना, र विज्ञान तथा प्रविधिमा ७९ हजार २७१ जना विद्यार्थीले एनजी ग्रेड पाएका छन्। बोर्डका अनुसार यस वर्षको एसईईमा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend