२०८३, आश्विन २० गते

images
  • शिक्षा
  • शिक्षक महासंघले भन्योः विधेयकमा कुनै विलम्ब...

शिक्षक महासंघले भन्योः विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन हुन्छ

शिक्षक महासंघले भन्योः विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन हुन्छ

सोमवार, आषाढ १६ २०८२१२:३४
सोमवार, आषाढ १६ २०८२१२:३४
  • images

    काठमाडौँ । सरकारले शिक्षक महासंघसँग असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने भएको सम्झौता उलङ्घन गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित गरेर संसदमा पेश नगरेकाले शिक्षकसँगको सहमतिअनुसार असार १५ गतेभित्र शिक्षा विधेयक पारित नभएको हो ।

    असार १५ गते पारित गर्ने सहमति भएपनि शिक्षा विधेयक अगाडि नबढेपछि महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने उल्लेख छ ।

    शिक्षकसँग ९ बुँदे सहमतिमा शिक्षामन्त्री रघुजी पन्तले एकल हस्ताक्षर गरेका थिए । विद्यालय शिक्षा ऐन र सेवा सुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए ।

    महासंघले तोकिएको मिति सकिँदासमेत विधेयक संसदमा पेश नभएसँगै देशभरका शिक्षक र कर्मचारीहरू सशङ्कित र आक्रोशित बनेको उल्लेख छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend