२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • मौद्रिक नीति सार्वजनिकको तयारीमा गभर्नर पौडेल,...

मौद्रिक नीति सार्वजनिकको तयारीमा गभर्नर पौडेल, शुक्रबार बिहान बोलाईयो बोर्ड बैठक

मौद्रिक नीति सार्वजनिकको तयारीमा गभर्नर पौडेल, शुक्रबार बिहान बोलाईयो बोर्ड बैठक

शुक्रवार, आषाढ २७ २०८२०६:२९
शुक्रवार, आषाढ २७ २०८२०६:२९
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी पूरा गरेको छ । केन्द्रीय बैंकले शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

    बिहीबार साँझ बसेको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेको समेत पाईएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तयार गरेको पहिलो मौद्रिक नीति उदार रहेको बताईएको छ ।

    बिहीबार केन्द्रीय बैंकको व्यवस्थापन समितिमा गहन छलफलपछि प्रस्तावित मौद्रिक नीतिबारे सञ्चालक समितिमा समेत छलफल भएको थियो । बिहीबार सञ्चालक समितिमा मौद्रिक नीतिको भूमिका उपर छलफल भएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

    केन्द्रीय बैंकको बिहीबारको बैंठकलाई निरन्तरता दिँदै शुक्रबार बिहानैदेखि छलफल गरी मौद्रिक नीतिलाई अन्तिम रुप दिने स्रोत भनाइ छ । 

    गर्भनर पौडेलले आर्थिक वर्ष नसकिँदै आगामी आवको माद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष सुरू हुनुपूर्व नै मौद्रिक नीति आउनुपर्छ भन्दै गभर्नर तातेपछि साउनको पहिलो साता मौद्रिक नीति जारी गर्ने सोचमा बसेका कर्मचारी भने हतारमा परेका छन् । गभर्नरको निर्देशनअनुसार पछिल्लो केही दिन राष्ट्र बैंकले विभागीय छलफल र तयारीलाई तीब्रता दिएको थियो ।

    मौद्रिक नीति बजेटको परिपुरक नीति हुने र बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीति पनि साउन १ गतेदेखि कार्यान्वयनमा जानुपर्ने गरी तयारी अघि बढाउन गभर्नर पौडेलले निर्देशन दिएका थिए । यसर्थ तयारी सकिएको अवस्थामा भोलि नै र नत्र असार मसान्त अघि नै मौद्रिक नीति जारी हुने बताइएको छ ।

    मौद्रिक नीतिकै विषयलाई लिएर गभर्नर पौडलले बिहीबार अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाल पौडेलसँग भेट गरेका छ्न् । अर्थमन्त्रीलाई आवश्यक ब्रिफिङ गरेर गभर्नर बिहीबारको बोर्ड बैठकमा पुगेका थिए ।

    बिहीबार आर्थिक वर्षको ११ महिनाको तथ्यांको आएको र छलफल पनि सकिएकाले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसहित गभर्नर पौडेलले बिहान बोर्ड बैठक बोलाएका छन् । तर, हालसम्म एजेन्डा भने जानकारी गराइएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend