काठमाडौँ । बीमा एजेन्टलाई नियुक्ती दिएको ओली सरकारको क्याबिनेटले छानबिन गर्न अर्काे समिति गठन गरेको छ ।
बीमा क्षेत्रको अनुभव नै नभएको व्यक्ति शरद ओझालाई बीमा प्राधिकणको जिम्मेवारी सुम्पिएको भन्दै विवादीत भएपछि सोमबार बसेको मन्त्रिपरिषद्बै बैठकले उनको योग्यताको प्रमाणपत्रमाथि छानविन गर्न समिति गठन गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको बैठकमा सहभागी एक मन्त्रीले बताए। सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।
बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएदेखि नै उनको योग्यतामाथि प्रश्न उठ्दै आएको छ। उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ओझाले पेस गरेको अनुभव र सिफारिस कागजत्रबारे छानबिन गरिरहेको छ। उनले पेस गरेका कागजातहरूमाथि प्रश्न उठेपछि अख्तियारले छानबिन गर्न लागेको हो। बीमा क्षेत्रको अनुभव नभएको भन्दै सरोकारवाला निकायहरूले पनि ओझाको नियुक्तविरुद्ध आवाज उठाउँदै आएका छन्।
उनले अध्यक्षका लागि पेश गरेको कागजपत्रमा बीमा क्षेत्रमा ५ वर्ष उच्च तहमा बसेको अनुभव आवश्यक पर्र्नेमा बीमा एजेन्टको प्रमाणपत्र पेश गरेको भन्दै आलोचना भएको थियो ।

