२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा परेसँगै...

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा परेसँगै अध्यक्षको जिम्मा सहसचिव पोखरेललाई

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा परेसँगै अध्यक्षको जिम्मा सहसचिव पोखरेललाई

सोमवार, आषाढ ३० २०८२१०:०३
सोमवार, आषाढ ३० २०८२१०:०३
  • images

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वत निलम्बनमा परेसँगै सरकारले सहसचिव सेवन्तक पोखरेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

    प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्। सोमबारको मन्त्रिपरिषद बैठकले ओझालाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend