२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • बालेन शाहले देखाएको दिगो शिक्षाको बाटो...

बालेन शाहले देखाएको दिगो शिक्षाको बाटो : छात्रवृत्तिमा बढ्दो विश्वास र सहभागिता

बालेन शाहले देखाएको दिगो शिक्षाको बाटो : छात्रवृत्तिमा बढ्दो विश्वास र सहभागिता

मंगलवार, आषाढ ३१ २०८२०१:४१
मंगलवार, आषाढ ३१ २०८२०१:४१
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित कक्षा ११ र १२ का लागि खुलाइएको छात्रवृत्ति योजनामा यस वर्ष अभूतपूर्व चासो देखिएको छ। नगर प्रमुख बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सुरु गरिएको पारदर्शी र प्रतिस्पर्धात्मक छात्रवृत्ति प्रणालीप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छ।

    महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा झण्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्। गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गरेको छ। त्यसका लागि महानगरले नै परीक्षा सञ्चालन गरी प्रतिस्पर्धाका आधारमा विद्यार्थी सिफारिस गर्छ।

    यस वर्षका लागि असार १६ देखि २७ गतेसम्म आवेदन खुला गरिएको थियो, जसमा १७ हजार ९२९ जनाले आवेदन दिएको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए। यीमध्ये ७ सय विद्यार्थीको आवेदन भने अस्वीकृत भएको छ। ग्रेडमा नपरेका, आवश्यक कागजात तथा विवरण समावेश नगरेका र छात्रवृत्तिको मापदण्डभित्र नपरेका विद्यार्थीको आवेदन अस्वीकृत भएको न्यौपानेको भनाइ छ।

    अब आवेदन दिएकामध्ये ७ हजार २२९ जना विद्यार्थीले साउन ३ गते हुने परीक्षामा सहभागी हुन पाउनेछन्। नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर आएपछि २०८० देखि महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आफै परीक्षा लिन थालेको हो।

    यस प्रक्रियामा पहिलो वर्ष ८ हजार विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ५५९ जनाले पूर्ण छात्रवृत्ति प्राप्‍त गरेका थिए।त्यसैगरी २०८१ मा १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्‍त गरी अध्ययन गरिरहेका छन्।

    स्थानीय सरकार सञ्चालन ऐनले छात्रावृत्तिको व्यवस्थासम्बन्धी जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend