२०८३, आश्विन २० गते

images
  • शिक्षा
  • शिक्षक महासंघको चेतावनीः साउन २१ गतेसम्म...

शिक्षक महासंघको चेतावनीः साउन २१ गतेसम्म शिक्षा विद्येयक पारित नभए आन्दोलन हुन्छ

शिक्षक महासंघको चेतावनीः साउन २१ गतेसम्म शिक्षा विद्येयक पारित नभए आन्दोलन हुन्छ

शुक्रवार, श्रावण २ २०८२०२:१०
शुक्रवार, श्रावण २ २०८२०२:१०
  • images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने उसको चेतावनी छ । 

    साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । 

    सरकार इमानदार नरहेको महासंघको आरोप छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो । तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो । साउनको २१ गतेभित्र शिक्षा विधेयक पारित होस् । हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस् ।” 

    आन्दोलनमा होमिने अवस्था आए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही सरकार हुने उनको भनाइ छ । 

    teacher press.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend