२०८३, भाद्र १३ गते

images

बागमती प्रदेशका चार मन्त्रीको एकैपटक राजीनामा

बागमती प्रदेशका चार मन्त्रीको एकैपटक राजीनामा

images
शुक्रवार, श्रावण ९ २०८२०२:५४
शुक्रवार, श्रावण ९ २०८२०२:५४
  • काठमाडौं। बागमती प्रदेश सरकारका चार मन्त्रीले एकैपटक पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

    चारै जना मन्त्री केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटमा देखिएका थिए। उनीहरूको देउवासँगको भेटले राजनीतिक संकेत बोकेको भन्दै चर्चाले तिव्रता पाइरहेको बेला राजीनामा सार्वजनिक भएको हो।

    यी मन्त्रीहरू नेपाली कांग्रेस कोटाबाट सरकारमा सहभागी थिए। देउवासँगको छलफल र एकैपटक राजीनामा आएसँगै बागमती प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend