२०८३, आश्विन २१ गते

images
  • शिक्षा
  • एकैदिन २४ कन्सल्टेन्सीमा वाणिज्यको छापाः ८...

एकैदिन २४ कन्सल्टेन्सीमा वाणिज्यको छापाः ८ वटा कारवाहीमा, अन्यलाई निर्देशन

एकैदिन २४ कन्सल्टेन्सीमा वाणिज्यको छापाः ८ वटा कारवाहीमा, अन्यलाई निर्देशन

बिहिवार, श्रावण १५ २०८२०६:१०
बिहिवार, श्रावण १५ २०८२०६:१०
  • images

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलले एकैदिन २४ वटा कन्सल्टेन्सीमा अनुगमन गरेको छ । बिहीबार विभागको टोलीको उपत्यकाका विभिन्न स्थानमा सञ्चालित उक्त कन्सल्टेन्सीमा अनुगमन गरी कारवाही समेत गरेको हाे । 

    अनुगमनका क्रममा गल्ती भेटिएका ८ वटा कन्सल्टेन्सीलाई आर्थिक जरिवाना नै गरेको छ भने अन्यलाई निर्देशन गरिएको विभागका अनुगमन निर्देशक अमित झाले जानकारी दिए । 

    उनका अनुसार बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारवाही गरिएको हो । 

    बिहीबार रिड एजुकेशन, परसुट अब्रोड स्टेडिज, इनोभा एजुकेशन कन्सल्टेन्सी र स्योउराइ इन्टरनेशनल एजुकेशन प्रालिलाई कारबाही स्वरुप एक/एक लाख रुपैयाँ जरिवाना गरिएको छ । 

    यस्तै, प्यासन फाउन्डेशन र काईट कन्सल्टेन्सीलाई ५१ हजार रुपैयाँ र आशिर्वाद ल्याङ्वेज स्कुल भक्तपुर र छाडमी एजुकेशन प्रालिलाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराईएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend