काठमाडौँ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै २५ जना उपसचिव तथा ४४ जना शाखा अधिकृतको सरुवा गरेको हो । जसमा २६ जना शाखा अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा गरिएको छ भने १८ जना अन्य विभिन्न निकायमा सरुवा भएका छन्।
मन्त्रालयले २५ जना उपसचिवमा १४ जना प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा गरिएको छ। भने ११ जना अन्य निकायहरुमा सरुवा गरेको छ।

