२०८३, आश्विन २० गते

images

विद्यालय शिक्षा विधेयक-२०८० संसदीय समितिबाट पारित

विद्यालय शिक्षा विधेयक-२०८० संसदीय समितिबाट पारित

बिहिवार, भाद्र ५ २०८२०५:१८
बिहिवार, भाद्र ५ २०८२०५:१८
  • images

    काठमाडौं । विद्यालय शिक्षा विधेयक-२०८० बिहीबार संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहानैदेखि गहन छलफलपछि विधेयक पारित गरेको हो।

    समिति सभापति अम्मरबहादुर थापाका अनुसार पारित प्रतिवेदनसहितको विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेस गरिनेछ।

    यसअघि असार १५ गते विधेयक पारित गर्ने तयारी भए पनि शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकको विरोधका कारण प्रक्रिया ढिला भएको थियो। आजको पारितपछि समितिले महासंघ र विद्यालय सञ्चालकबीच असन्तुष्टिका बावजुद विधेयक अघि बढाउने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend