२०८३, आश्विन १९ गते

images

एकैपटक ४४ उपसचिव तथा २८ जना शाखा अधिकृतको सरुवा, १७ जनाले पाए पालिकाको जिम्मा

एकैपटक ४४ उपसचिव तथा २८ जना शाखा अधिकृतको सरुवा, १७ जनाले पाए पालिकाको जिम्मा

सोमवार, भाद्र २३ २०८२०७:०४
सोमवार, भाद्र २३ २०८२०७:०४
  • images


    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना प्रमुख प्रशासकीय अधिकृतसहित २८ शाखा अधिकृत र सोसरहका कर्मचारीको सरुवा गरेको छ।

    मन्त्रालयले आइतबार राति विभिन्न गाउँपालिकामा कार्यरत १७ प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी अन्य निकायका शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। यस क्रममा एक शिक्षा अधिकृत र दुई इन्जिनियरको पनि सरुवा भएको छ।

    सामान्यमा ३ वर्षभन्दा बढी बसेका ४४ उपसचिवको सरुवा

    मन्त्रालयले ४४ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयमा तीन वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई अन्य निकायमा स्थानान्तरण गरिएको हो ।

    सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले लामो समयदेखि मन्त्रालयमै रहेका उनीहरुको सिंहदरबारभित्रै वा नजिकका निकायमा खटाइएको हो । 

    तर, सरुवा प्रक्रियामा पक्षपात वा अन्याय भएको महसुस भएमा त्यो आलोचनाको विषय बन्न सक्छ। मन्त्रालयको छवि सुधार्न र सरुवालाई थप निष्पक्ष बनाउन थप सजगता आवश्यक रहेको प्रशासन डटकमले औँल्याउँदै आएको छ । 

    यो सरुवाले कर्मचारी प्रशासनमा पारदर्शिता र जबाफदेहिता कायम गर्ने मन्त्रालयको प्रयासलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ। आगामी दिनमा हुने सरुवाले सुधारको दिशालाई थप प्रष्ट पार्ने विश्वास छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend