२०८३, आश्विन २० गते

images
  • समाचार
  • अमेरिका अन्तरिम सरकारसँग चुनावमा सहकार्य गर्न...

अमेरिका अन्तरिम सरकारसँग चुनावमा सहकार्य गर्न तत्पर, राष्ट्रपति, प्रधानसेनापति र युवा नेताको प्रशंसा

अमेरिका अन्तरिम सरकारसँग चुनावमा सहकार्य गर्न तत्पर, राष्ट्रपति, प्रधानसेनापति र युवा नेताको प्रशंसा

आइतवार, भाद्र २९ २०८२११:३४
आइतवार, भाद्र २९ २०८२११:३४
  • images

    काठमाडौं । अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि निर्वाचनमा सघाउने तत्परता व्यक्त गरेको छ। राष्ट्रपति, प्रधानसेनापति र युवा नेताहरूको भने उसले प्रशंसा गरेको छ।

    नेपालस्थित अमेरिकी दूतावासले कार्कीको नियुक्तिप्रति बधाइ वा शुभकामना केही नभनी ‘गत हप्ताको दुःखद घटनापछि शान्ति पुनर्स्थापना र शान्तिपूर्ण समाधानको स्वागत गर्दछौँ’ भनेको छ।

     ‘क्षतिमा शोक मनाइरहँदा पनि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौँ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति जनरल अशोकराज सिग्देललाई व्यवस्था पुनर्स्थापित गर्न र नागरिक सरकारको शान्तिपूर्ण संक्रमणलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। हामी आगामी महिनाहरूमा अन्तरिम सरकारसँग काम गर्न तत्पर छौं, किनकि नयाँ चुनावको तयारी गरिरहेको छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend