काठमाडौं । दुई जना प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राईनास नगरपालिका र हरिपुर्वा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
यस्तै विभिन्न गाउँपालिकाका चार प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना अधिकृत स्तरका कर्मचारीको सरुवा गरिएको छ । मन्त्रालयले वडिगाड, मोदी, कानेपोखरी र बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत शाखा अधिकृत तथा ईन्जिनियरहरुको सरुवा गरेको हो । मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्र अनङ्कित प्रथम र द्वितीय स्तरका कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले १२ जना नायव सुब्बा(नासु), पाँच जना कम्प्युटर अपरेटर, एक जना सव इन्जिनियर र चार जना खरिदारको सरुवा गरेको हो ।

