२०८३, आश्विन १९ गते

images

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा, को कहाँ ?

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा, को कहाँ ?

मंगलवार, कार्तिक २५ २०८२०१:४८
मंगलवार, कार्तिक २५ २०८२०१:४८
  • images

    काठमाडौं । १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेको निर्णय अनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरेर ३८ कर्मचारीको सरुवा गरेको हो ।

    सरुवा सूची अनुसार उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ७ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो । यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ जना कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend