२०८३, आश्विन २० गते

images
  • अटो
  • जेनजी आन्दोलनपछि खुलेको १२ दिनमै बन्द...

जेनजी आन्दोलनपछि खुलेको १२ दिनमै बन्द भयो लाइसेन्स सेवा

जेनजी आन्दोलनपछि खुलेको १२ दिनमै बन्द भयो लाइसेन्स सेवा

शुक्रवार, कार्तिक २८ २०८२११:२०
शुक्रवार, कार्तिक २८ २०८२११:२०
  • images

    काठमाडौँ । जेनजी आन्दोलनपछि आशिंक रुपमा खुलाइएको लाइसेन्स सेवा पुन अनिश्चितकालका लागि बन्द भएको छ । 

    कात्तिक १६ गतेबाट विद्युतीय सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता सेवा आंशिक रुपमा सुरु गरेको यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द रहने जनाएको छ ।

    ‘यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।

    प्रणालीमा पुगेको क्षतिका कारण त्यो समयदेखि विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्तालगायतको सेवा अवरुद्ध भएको थियो तर १६ गतेबाट आंशिक रुपमा सुरु भएको सेवा पनि बन्द भएको हो ।

    सेवा बन्द भए पनि विभागले लाइसेन्स, ब्लूबुक लगायतको रिन्यूका लागि तोकिएको समय कटेका सेवाग्राहीलाई सेवाअवरुद्ध हुँदाको समयको छुट दिने निर्णय भने गरेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend