२०८३, आश्विन २० गते

images
  • समाचार
  • २५ जना अर्बपति आउने भनिएको लुम्बिनीको...

२५ जना अर्बपति आउने भनिएको लुम्बिनीको कार्यक्रम किन भयो खल्लो ?

२५ जना अर्बपति आउने भनिएको लुम्बिनीको कार्यक्रम किन भयो खल्लो ?

शुक्रवार, मंसिर २६ २०८२०२:३३
शुक्रवार, मंसिर २६ २०८२०२:३३
  • images

    काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा २५ जना अर्बपति आउने भन्ने चर्चा एक साता बढि समयदेखी नै चलिरहेको थियो । विदेशी पाहुना अर्बपतिहरु आउने विश्व शान्ति कार्यक्रम भव्य होला भन्ने धेरैलाई लागेको थियो । 

    प्रधानमन्त्री अथवा कम्तीमा नेपाल सरकारका मन्त्रीको सहभागीता होला भन्ने थियो । तर प्रदेश सरकारका मन्त्री र सांसदको समेत सहभागीता थिएन । स्थानिय तहको प्रतिनिधिको रुपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवहाक मेयर कल्पना हरिजन मात्र थिइन् । राष्ट्रिय रुपमा परिचीत ब्यक्ति अभिनेता राजेश हमाल थिए।

    हरिजन र आयोजक संस्था द प्रमिश्ड ल्याण्ड फाउण्डेसनका अध्यक्ष निकेश अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए । लुम्बिनी विकास कोषका पदाधिकारी कसैको पनि उद्घाटन कार्यक्रमको हलमा सहभागीता थिएन । अहिलेको कार्यक्रममा कोषको समन्वय र सहकार्य नभएको लुम्बिनी विकास कोषका बरिष्ठ अधिकृत ज्ञानिन राइले बताए । 

    ‘हामीले हल भाडामा उपलब्ध गराउँछौं । जुनसुकै कार्यक्रममा कोष हुनैपर्छ भन्ने भएन’, उनले भने । 

    कार्यक्रममा मुख्य विदेशी पाहुनाको रुपमा इथोपियाका प्रधानमन्त्री ताम्रट लेन थिए । केही अरु विज्ञ तथा व्यवसायी थिए । कार्यक्रममा २५ जना अर्बपति आउने भनेपनि त्यो खालको माहोल हलमा देखिएको थिएन । रुपन्देहीमा दर्जन बढि व्यवसायीक संस्था छन् । एक दुई जना बाहेक ति व्यवसायीक संस्थाबाट सहभागीता थिएन। स्थानिय पत्रकारहरु धेरैलाई निम्ता थिएन ।

    चार पाँच हजार अट्ने लुम्बिनीको सभाहलमा निकै कम सहभागी थिए । दर्शक दिर्घामा धेरै स्काउट र विद्यार्थीहरु थिए । आयोजक टिममा रहेका मध्येकै एक जनाले नै कार्यक्रम खल्लो भएको र सोँचे जस्तो नभएको सुनाएका थिए ।

    विश्व शान्ति कार्यक्रमको तेस्रो संस्करण डिसेम्बरमा, २५ अर्बपति र विश्वस्तरीय विज्ञ लुम्बिनी आउँदै विश्व शान्ति कार्यक्रमको तेस्रो संस्करण डिसेम्बरमा, २५ अर्बपति र विश्वस्तरीय विज्ञ लुम्बिनी आउँदै

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend