२०८३, आश्विन २० गते

images
  • शिक्षा
  • ब्रिटिश कलेजले भन्योः बदनियतपूर्वक कलेज विरुद्ध...

ब्रिटिश कलेजले भन्योः बदनियतपूर्वक कलेज विरुद्ध भ्रम फैलाइयो

ब्रिटिश कलेजले भन्योः बदनियतपूर्वक कलेज विरुद्ध भ्रम फैलाइयो

बुधवार, पौष ९ २०८२१०:५२
बुधवार, पौष ९ २०८२१०:५२
  • images

    काठमाडौँ । द ब्रिटिश कलेजले सामाजिक सञ्जाल तथा अन्य सञ्जाल मार्फत ब्रिटिश कलेज विरुद्ध बदनियतपूवर्क भ्रम फैलाईएको जनाएको छ । मंगलबार साँझ कलेजले एक विज्ञप्ती जारी गर्दै सो कुरा प्रष्टाएको हो । 

    ‘द ब्रिटिश कलेज सम्बन्धित नियामक निकायको स्वीकृतिमा उच्च शिक्षा प्रदान गर्दै आएको नेपालको एक प्रतिष्ठित शैक्षिक संस्था हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको औपचारिक अनुबन्धमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, कलेजले नेपालका सम्बन्धित नियामक तथा संस्थागत मापदण्डअनुसार अवलम्बन गर्नुपर्ने सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै आएको स्पष्ट गर्दछ’, कलेजले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘द वुलविच इन्स्टिच्युट, दुबई, संयुक्त अरब इमिरेट्सको प्रचलित कानुनबमोजिम त्यहाँको सम्बन्धित नियामक निकायको स्वीकृति तथा मान्यतामा सञ्चालनमा रहेको एक स्वतन्त्र शैक्षिक संस्था हो। उक्त संस्थाले हाल २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ।’

    प्रेस विज्ञप्तिमा Hospitality Management (HM) Foundation कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई दुबईमा Higher National Diploma (HND) अध्ययनको अवसर प्रदान गरिएको र HND पूरा गरेपछि दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार विश्वविद्यालयहरूमा Top-Up Bachelor’s Degree अध्ययन गर्न सकिने व्यवस्था रहेको उल्लेख छ।

    कलेजले इन्टर्नसिपको अवसर उपलब्ध गराइने भए पनि त्यसको ग्यारेन्टी नहुने कुरा भर्ना अगावै विद्यार्थीहरूलाई स्पष्ट जानकारी गराइने गरेको जनाएको छ। दुबई जाने विद्यार्थीहरूका लागि प्रारम्भिक आवास तेस्रो पक्ष सेवा प्रदायकमार्फत अस्थायी रूपमा व्यवस्था गरिने र दीर्घकालीन आवास विद्यार्थीहरूले स्वयं व्यवस्थापन गर्नुपर्ने सामान्य अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको कलेजको भनाइ छ।

    कलेजका अनुसार करिब ५१ जना HM विद्यार्थीहरूमध्ये ९ जना विद्यार्थी व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएका थिए। उनीहरू फर्किएपछि कलेजले अभिभावक तथा विद्यार्थीहरूसँग औपचारिक परामर्श प्रक्रिया अघि बढाएको र छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएको छ।

    तर समाधानको प्रयास भइरहेकै बेला केही बाह्य समूहले सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री सार्वजनिक गर्दै कलेजको शैक्षिक गतिविधि अवरुद्ध गर्ने प्रयास गरेको, कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि दुर्व्यवहार भएको कलेजको दाबी छ। संवादका लागि पटक–पटक बोलाउँदा पनि अस्वीकार भएपछि कलेजले सुरक्षानिकायको सहयोग लिनुपरेको जनाएको छ।

    कलेजले विद्यार्थीको हित, सुरक्षा र समग्र विकास आफ्नो प्रमुख प्राथमिकता रहेको दोहोर्‍याउँदै हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको र पठनपाठन, मूल्याङ्कन तथा परीक्षा निर्धारित तालिकाअनुसार भइरहेको स्पष्ट गरेको छ। साथै, कलेजले अभिभावक र सरोकारवालालाई अपुष्ट तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

    काठमाडौं ब्रिटिस कलेजमा तोडफोड, सात जना नियन्त्रणमा काठमाडौं ब्रिटिस कलेजमा तोडफोड, सात जना नियन्त्रणमा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend