२०८३, भाद्र १३ गते

images
  • समाचार
  • ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव :...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : सामाजिक उत्तरदायित्वमा १९ कार्यक्रम सञ्चालन गर्ने घोषणा

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : सामाजिक उत्तरदायित्वमा १९ कार्यक्रम सञ्चालन गर्ने घोषणा

images
सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०३:१६
सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०३:१६
  • काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

    बैंकका अनुसार यी कार्यक्रम स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानविय सहयोग तथा आय आर्जन अभिवृद्धि क्षेत्रमा केन्द्रित हुनेछन्। विशेषगरी दुर्गम क्षेत्र, गरिब, विपन्न र न्यून आय भएका समुदायलाई लक्षित गरी देशभर यी पहलहरू सञ्चालन हुनेछन्।

    महिला स्वास्थ्यमा विशेष ध्यान 
    ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई स्वस्थ नारी पहल” अन्तर्गत सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवा प्रदान गर्नेछन्। प्रारम्भिक अवस्थामा पत्ता लागेका गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार पनि दोस्रो चरणमा उपलब्ध गराइनेछ। विगत पाँच वर्षमा यस कार्यक्रमबाट १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन्।

    आँखा उपचार र विद्यार्थी सहयोग
    बैंकले सात प्रदेशमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ। साथै, सरकारी तथा सामुदायिक विद्यालयका १,५०० गरिब विद्यार्थीहरूलाई निःशुल्क चश्मा वितरण गरिनेछ।

    शिक्षा र अनुसन्धानमा लगानी
    कक्षा ६ देखि १२ सम्मका गरिब र जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ। साथै उच्च शिक्षा अध्ययनरत गरिब विद्यार्थीलाई एमफिल तथा पीएचडी अनुसन्धानका लागि वित्तीय सहयोग पनि प्रदान गरिनेछ।

    वातावरण संरक्षण
    ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ। स्थानीय तहसँग समन्वयमा फोहोर व्यवस्थापन तालिम समेत सञ्चालन हुने बैंकले जनाएको छ।

    अन्य सामाजिक पहल
    रक्तदान कार्यक्रम, बालगृह तथा आश्रमका बालबालिकालाई खाद्यान्न र अन्य सहयोग, बालबालिकामा अटिजम सम्बन्धी चेतनामूलक कार्यक्रम, दुर्गम क्षेत्रका विद्यालयमा खेलकुद सामग्री वितरण र उद्यमशाला कार्यक्रममार्फत व्यवसायिक तालिम प्रदान गरिनेछ।

    बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। रेमिट्यान्स सेवा मार्फत बैंकले नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराइरहेको छ।

    ग्लोबल आइएमई बैंकले विगतमा बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४–२५, युरो मनी अवार्ड २०२२–२५ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ। बैंकले आफ्नो १९औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्ने योजना बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend