२०८३, आश्विन २१ गते

images

घर मर्मत सम्बन्धी सबै काम अब मोबाइल एप बाटै

घर मर्मत सम्बन्धी सबै काम अब मोबाइल एप बाटै

सीएनएन खबर
बिहिवार, मंसिर १३ २०८११०:२७
सीएनएन खबर
बिहिवार, मंसिर १३ २०८११०:२७
  • images

    काठमाडौँ । बिश्वजगतमा हरेक दिन प्रबिधिले फड्को मारीरहदा नेपालमा पनि घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले बिगत २ बर्षदेखि सेवा दिइ रहेको छ । जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुबिधाहरुः घरभाडा सम्झौता , घरभाडा डायरी देखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राबिधिक इन्जिनियर सम्म बोलाउन सकिने फिचरहरु छन् । 

    यस एपले बिशेषत काठमाण्डौँ भ्याली भित्र सेवा दिइरहेको छ तथापी देशका मुख्य शहरहरु पोेखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउछन् । 
    संस्थापकका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र २ हजार प्राबिधिकहरु जोडिएका छन् । प्राय ग्राहकहरु एपबाट भन्दा पनि सिधै सम्पर्क गरेर सेवालिन चाहन्छन् यो अवस्था हेर्दा बिशेषत घरधनी उमेरका समुह प्रबिधिमैत्री नभैसकेको भान हुने कम्पनीले जनाएको छ । 
    सेवा एपका सामाजिक संजालहरुबाटै घरसम्बन्धी कन्टेटहरु समेत प्रदान गरिने हुदाँ अहिले सेवा एपलाई सेवा दिएर भ्याइनभ्याइ नै छ ।
    सेवा एपलाइ बिशेषत मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइ लाइट, बाथरुम निर्माण तथा नबिकरण जस्तो सेवाहरुका लागि ग्राहकहरु बढी सम्झनछन् । तुलनात्मक रुपमा कम र निश्चित मूल्य, काम समापन पछिको वारेन्टी, सुपरिवेक्षण सहितको सेवा र इन्जिनियरिङ र आर्किटेक्ट सहितको सेवाका कारण पनि यस कम्पनिमा ग्राहकहरु आकर्षित देखिन्छन । 
    यस्ता सेवाहरु प्रदान गर्नका लागि यस कम्पनीले आफैले तालिमयुक्त र नयाँलाई समेत तालिम दिइ फुलटाइम स्टाफको रुपमा राखेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend