काठमाडौँ । नेपाल टेलिकमले जुम्लाको पातारासी गाउँपाालिकामा फोरजी सेवा विस्तार गरेको छ । टेलिकमले पालिकाको वडा नम्बर २ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।
जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं। १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।
दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ ।
यससँगै सो भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

