काठमाडौँ । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रा.लि. (डिआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इंटर्नशिप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
शैक्षिक र व्यावसायिक क्षेत्रबीचको खाडल पुर्ने उद्देश्यले उक्त शैक्षिक संस्था र व्यावसायिक क्षेत्रबीच रहेको दूरी घटाई विद्यार्थीलाई व्यावसायिक रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ । दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।
डिआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले सो सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् । आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मिना भट्टाराईले उक्त सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करियरमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिन ।
डिआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ । यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

