काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा क्षति भएको पाइएको छ । पुस ४ गते अनधिकृत रुपमा टेलिकमको सोलार प्यानलका उपकरण तथा अर्थिङ केवलमा क्षति पुगेको टेलिकमले जनाएको छ ।
टेलिकमले सोमबार एक विज्ञप्ती जारी गर्दै भौगोलिक विकटताका कारणा क्षति पुगेको टावर मर्मतमा समस्या भएको जनाएको छ ।
‘सर्केगाड गाउँपालिका(०५ स्थित बरै माइक्रो वी।टी।एस। मा पौष ४ गते सोलार प्यानल, ख्क्ब्त् का उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,’ विज्ञप्तीमा भनिएको छ ।

